पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन् । उनले अब कुनै पनि बहानामा देशले थप अस्थिरता र उथलपुथल थेग्न नसक्ने बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल र सत्तापक्ष तथा प्रतिपक्षी दलभित्र चर्किंदो अन्तरसंघर्षप्रति चिन्ता व्यक्त गरेका छन्। उनले अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको, सार्वजनिक सञ्चारक्षेत्र तथा नागरिक वृत्तमा निराशा बढ्दै गएको उल्लेख गरेका छन्।


















