साउदी अरबको राजधानी रियादस्थित ८० तले पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) टावरमा मंगलबार भएको आक्रमणमा नेपाली घाइते भएका छन् । साउदी नागरिक सुरक्षा निकायले आक्रमणमा ११ जना घाइते भएको बताएको छ । घाइते हुनेमा साउदी, भारतीय, नेपाली र इजिप्टका नागरिक रहेको सुरक्षा निकायले जनाएको छ । घाइतेहरूको उपचार भइरहेको छ ।
घाइतेको पूरा विवरण भने खुलाइएको छैन । आक्रमणको निशानामा रियादको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी)स्थित पीआईएफ टावर परेको थियो । यस भवनमा साउदी अरबको सार्वभौम सम्पत्ति कोषको मुख्यालय छ । गत बिहीबार पनि यो भवन आक्रमणमा परेको थियो ।


















