तोलामा ६ हजार ५०० रुपैयाँले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ हजार ५०० रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन न नेपाली बजारमा प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी बुधबार ३ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।