लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री बालेनको आह्वान

प्रधानमन्त्री बालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमै लागू गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भमा सन्देश जारी गर्दै उनले पीडितको संरक्षण, दोषीलाई कारबाही र न्यायको सुनिश्चिततामा सबै पक्षको सक्रियता आवश्यक रहेको बताए। महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाको बढी जोखिममा रहेको उल्लेख गर्दै उनले डिजिटल माध्यमबाट हुने हिंसा पनि चुनौती बन्दै गएको बताए।

हिंसा अन्त्यका लागि कानुन कार्यान्वयन, सामाजिक चेतना, महिला सशक्तीकरण र तीनै तहका सरकारबीच समन्वयलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।