सुनको मूल्यमा रेकर्ड ब्रेक,प्रतितोला एक लाख ६५ हजार पुग्यो

आईतबार नेपाली बजारमा सुनको मूल्यले निरन्तर चौथो दिन नयाँ रेकर्ड बनाएको छ । आज प्रतितोला ६०० रुपैयाँ बढेर एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महसंघले जनाएको छ ।
सुनको यो मूल्य हालसम्मकै उच्च हो। शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यले पनि नयाँ उचाई कायम गरेको छ । गत शुक्रबारको तुलनामा यस दिन चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।