सत्तारुढ दलको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बैठक बसेको हो ।

बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।