अवैध लागूऔषध सहित कीर्तिपुरबाट दुईजना पक्राउ

कीर्तिपुर नगरपालिका-१० सुन्दरीघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय ६० मिलिग्राम, गाँजा १ किलो २ सय ४ ग्राम, गाँजाको धुलो ३१ ग्राम ३ सय मिलिग्राम र अफिम १२ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका ढोकासी बस्ने २२ वर्षीय बिशेष खड्गी र ललितपुर महानगरपालिका-३ धोबिघाट बस्ने बिजन महर्जन रहेका छन् । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले बिजनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।