पूजा पद्धति बारे संक्षिप्त चर्चा

पूजकले पूुजा पद्धति बारे जानकार हुनु पर्छ । पूजा विशेष र सामान्य गरी दुई प्रकारको हुन्छ । सामान्य पूजामा पन्चोपचारले पूजा गर्दा हुन्छ । पन्चोपचार पूजामा चन्दन, पूmल, धूप, दीप र नैवेद्य आवश्यक हुन्छ । पूजा गर्नु पूर्व आपूm र पूजा स्थान शुद्ध हुनु पर्छ । पूजा गर्नु पूर्व के कस्तो पूजा गरिने हो, पहिले संकल्प गर्नु पर्छ । सरसामान तयारी गरी पूजामा बसेपछि पूजा नसकियुन्जेल एकाग्र हुनु पर्छ, मनको एकाग्रता नै पूजा हो । विशेष पूजा भने षोडशोपचारले गर्नु पर्छ । १६ प्रकारको विधि षोडशोपचार हो । पहिले आपूmले पूजा गर्न लागेको देवताको तत् मन्त्रले आह्वान, आवाहन गर्नु पर्छ । अतिथि बोलाएपछि आउने भनिएभैmँ देवता बोलाएपछि मँत्र शक्तिले आउने हुन्छन् ।

मन्त्रमार्फत आसनी दिनु पर्छ, यो दोस्रो प्रक्रिया हो, आसनी अघि देवताको प्राण प्रतिष्ठा गर्नु पर्छ । तेस्रो चरण भनेको चरण धुने हो, यसलाई पाद्य अर्पण गरिन्छ । चरण धोएको जलले आप्mनो शिरमा सेचन गरिन्छ । चौथो प्रक्रियामा अघ्र्य अर्पण गर्नु पर्छ । तिल, जल, दही, दूबो, फल, पूmलले पहिले नै गंगा, यमुना, सरस्वतीको मन्त्रले अघ्र्य स्थापना गर्दै धेनु मुद्रा देखाउनु पर्छ । पूजाको शुरुै कर्मपात्रको जल सेचन र प्रायश्चित्त गोदान भइसकेको हुनु पर्छ, तत्पश्चात् घण्ट र शंखको विधिवत् पूजा भइसकेको हुनु पर्छ । स्थान शुद्धिका लागि रायो, सस्र्यूंँका गेडाहरु अपसर्पन्तु ये भूता भन्ने मन्त्रले छर्केको हुनुपर्छ ।

पाद, अघ्र्यपछि भगवानलाई आचमनी अर्पण गर्नु पर्छ, श्रीमुखमा जल अर्पण गर्ने कार्य आचमनी हो । आचमनीपछि भगवानमा मधुपर्क अर्पण गरिन्छ, दही, मह र घिउ मिश्रित मधुपर्क हुन्छ, मधुपर्क बनाउँदा दही र घ्यू एक एक भाग र मह दोब्बर गर्नुपर्छ । छैठौँ चरण स्नान हो, शुद्ध जल बा पन्चामृतले स्नान गराउनु पर्छ । स्नानपछि भगवानलाई बस्त्र अर्पण गरिन्छ । देवताको रंग हेरी बस्त्र अर्पण हुन्छ । त्यसपछि चन्दनले सिँगार्नुपर्छ र जनै अर्पण गर्नुपर्छ । त्यसपछि पूmल, माला, तुलसीदल आदि अर्पण गर्नु पर्छ । शिवको पूजामा वेलपत्र बढी महत्वपूर्ण हुन्छ, गणेशमा दुवो, विष्णुमा तुलसी देवताको पृथक विधि बुभ्mनु पर्छ । क्रमश: धूप, दिप, नैवेद्य र आचमनी पनि अर्पण गर्नुपर्छ । अब ताम्बुल, दक्षिणा भेटी अर्र्पण गरिन्छ । आरती, परिक्रमा, प्रणाम, नमन गर्नुपर्छ । पूजामा साष्टांग प्रणाम जरुरी छ । देवी पूजा भए एकपल्ट, नारायणको भए चारपल्ट, गणेशको भए ३ पल्ट, सूर्यको भए सातपल्ट र शिवको भए अद्र्ध प्रदक्षिणा हुन्छ ।

शनिपूजा कसरी गर्ने ?
शनि सूर्य पूत्र हुन्, यिनी न्यायाधीश ग्रह हुन्, क्रूर छन्, पाप ग्रह हुन् । अरिष्ट दोषका लागि यिनको पूजा, जप पाठ गरिन्छ । उल्का, सांढेसाती, अढैया दोष निवारण हेतु यिनको उपासना, दान जरुरी हुन्छ । हरेक शनिबार पिप्पलादको स्मरण गर्नाले शनिदोष कम हुन्छ, पिपलमा जल चढाउने, परिक्रमा गर्ने काला बस्तुहरु दान गर्ने गर्दा पनि ग्रह दोष निवारण हुन्छ । शनिको लौहप्रतिमा बनाएर पूजा गर्ने, तोरीको तेलयुक्त पात्रमा प्रतिमा राखेर एक वर्ष लगातार पूजा गर्दै कालो बस्त्र, काली गाई, कालो कम्बल, तिलको तेल दान गर्दा पनि शनि बढी प्रसन्न रहन्छन् । कालो तिल उनलाई मन पर्छ, शनि स्तोत्र पाठ, मास, गहत, भैँसी, तेलको दान, मृत्युन्जयको मन्त्र, जप, पाठले पनि शनिदेव खुसी हुन्छन् । राहु, केतु पिडा छ भने पनि शनिको विशेष आराधना गर्नुपर्छ । श्रावण शुक्ल पक्षको पहिलो शनिबार पूजा आरम्भ गरी एक वर्षसम्म पूजा आराधना गरी फलाम बा मूर्तिको पूजा गर्दै शनिबार पारी पिपलमा सेलाउने र पिपलको ७ पल्ट परिक्रमा गर्नु पर्छ ।

ॐ शन्नोदेविरभिष्टय आपो भवन्तुपीतये । शंयोरभिस्रवन्तुन: ।। यो वैदिक मन्त्र हो यसले शनिदेव छिटो खुसी हुन्छन् । यो मन्त्र असहज हुनेले तान्त्रिक मन्त्र ॐ शनैश्चराय नम: भन्दै जप गर्दा पनि हुन्छ तर वैदिक मन्त्र नगर्नेले तान्त्रिक मन्त्र घटिमा १०८ गर्नु पर्छ, जप संख्या भने २३ हजार हो ।
राहुको लागि कालो भेडो, गोमेदमणि, फलाम, कम्बल, तेल, मास, कालो बस्त्र, सुनको सर्प, तिल, ताम्रपात्र, घोडा दान हो । राहुको वैदिक मन्त्र ॐ कयानश्चित्र आभुवदूतीसदावृधसखा, कयासचिष्ठयावृता हो । तान्त्रिक मन्त्र ॐ ह्रां राहवे नम: हो, मन्त्र संख्या १८ हजार हो र भैरवको विशेष आराधना, पूजा गनुपर्छ । केतु दान भनेको तेल, कस्तुरी, तिल, ऊन, छिरबिरे कपडा, बोको, नून, कम्बल, हतियार, छिरबिरे पूmल हो । वैदिक मन्त्र ॐ केतुंकृण्वन्नकेतवेपेशोमर्याअपेशसे, समुषद्भिरजायथा: हो, तान्त्रिक मन्त्र: ॐ केँ केतवे नम: हो, जप संख्या ७ हजार र भैरवको विशेष आराधना, पूजा हो ।

जप गर्नेले जपको दसाँश हवन, हवनको दसाँश तर्पण, तर्पणको दसाँश मार्चन र त्यसको दसाँश ब्राह्मण भोजन गराउनु पर्छ । हवन सामग्रीमा अन्य सामग्रीका अतिरिक्त ग्रह समिधामा अर्क, पलाँश, खदिरो, अपामार्ग, पिपल, औदुम्बर, शमी दुवो, कुश आवश्यक पर्छ ।
१२ राशि मध्ये मकर र कुम्भको मालिक शनि हो । यी राशिका मानसहरु खरो स्वभावका हुन्छन्, सजिलै सम्झौतामा आउँदैनन्, नेतृत्व लिन खप्पिस हुन्छन् । शनिको रंग कालो भएकाले यिनको मास्टर कलर कालो नै हुन्छ र शनिको दिशा पश्चिम भएकाले यस्ता राशिका मान्छेहरुका लागि पश्चिम दिशा शुभ हुन्छ । विदेश भ्रमणमा पनि पश्चिमा देशहरुबाट यिनलाई बढी राम्रो हुन्छ ।

जन्म कुण्डलीमा ३,६,११ घरमा शनि हुँदा बढी राम्रो हुन्छ । शनिको मित्र ग्रह भनेको बुध र शुक्र हो, शत्रु ग्रह सूर्य, चन्द्र र मंगल हुन्, वृहस्पति सम ग्रह हो । मित्र घरमा बस्दा बा मित्र ग्रहमा दृष्टि पर्दा फल शुभ दिने र शत्रु घरमा बस्दा बा दृष्टि पर्दा फल अशुभ दिने हुन्छ । सम घर बा दृष्टिमा फल तटस्थ हुन्छ । शनिको दुई पाउ दृष्टि पाँचौँ र नवौँ घरमा हुन्छ, तीन पाउ दृष्टि चौथो र आठौँ घरमा हुन्छ, पूर्ण दृष्टि भने तेस्रो, सातौँ र दशौँ घरमा हुन्छ । राहु र केतुको भने एक पाउ दृष्टि तेस्रो र छैठौँ घरमा हुन्छ, दुई पाउ दृष्टि चौथो र दसौँ घरमा हुन्छ, पूर्ण दृष्टि भने दसौँ घरमा हुन्छ । शनिको एक पाउ दृष्टि नभएभैmँ राहु र केतुको तीन पाउ दृष्टि हुन्न । शनि ग्रहका मानिस वायु कुपित हुन्छन्, वायु दोष रहन्छ, शाकिनी दोष रहन्छ, चाण्डाल वर्गमा पर्छन् ।