आज बिहान साढे आठ बजे नेपाली कांग्रेस संसदीय दलको बैठक संसद् भवनस्थित ल्होत्से हलमा बस्ने भएको छ ।
आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।यसअघि बसेको दलको बैठकमा बोल्न बाँकी सांसदहरुले आज धारणा राखिसकेपछि मन्त्रीहरुले जवाफ दिनेछन् । मन्त्रीहरुले आफूले गरेका कामबारे सांसदहरुलाई जानकारी पनि गराउने छन् ।


















