अवैध लागूऔषध सहित चार जना पक्राउ

बढैयाताल गाउँपालिका-८ साघुनघारीबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ४ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ नयाँबस्ती बस्ने २४ वर्षीय शिव गौतम र २४ वर्षीय सुमन थारू रहेका छन् ।

प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फसाइकलमा आँउदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१३ सुनगाभा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम, नगद ४ हजार ५ सय रूपैयाँ र २ थान मोबाइल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका-३ मसुरिया घर भई घोराही उपमहानगरपालिका-१३प्रगतिटोल बस्ने २२ वर्षीय चिन्तन केसी र सोही उपमहानगरपालिका-१३ डुम्मरगाउँ बस्ने १९ वर्षीय मनोज बुढामगर रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीलेचिन्तनको साथबाट १ सय ९० मिलिग्राम र मनोजको साथबाट ६ सय ८० मिलिग्राम उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।साथै उनीहरूले प्रयोग गरेको लु।१८ प ३७७०नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।