डोनाल्ड ट्रम्प: जेलेन्स्कीले तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको बहु चर्चित भेटवार्ता निष्कर्ष बिहिन बनेको छ । अन्ताष्ट्रिय समाचार माध्यमका अनुसार दुई नेता बिच खनिज सम्झौतामा असहमती भएको हो अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले युक्रेनमा रहेका महत्वपूर्ण खनिजहरूमा अमेरिकी पहुँच बढाउने सम्झौतामा हस्ताक्षर गर्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई आग्रह गरेका थिए । तर, राष्ट्रपति जेलेन्स्कीले उक्त प्रस्ताव अस्वीकार गर्दै युक्रेनको सार्वभौमसत्तामा हस्तक्षेपको रूपमा लिएको बताएका थिए। ।

त्यस पछि बहुचर्चित भेटवार्ता निष्कर्ष बिहिन बनेको हो । यस अघि ट्रम्प र जेलेन्स्कीबीच युक्रेनका दुर्लभ खनिजहरूमा अमेरिकी पहुँच सम्बन्धी सम्झौतामा सहमति हुने समाचार आएको थियो। तर, यस सम्झौतामा युक्रेनका केही अधिकारीहरूले यस अघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले तानाशाहको आरोप र विवाद भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई चुनाव नगर्ने तानाशाह र मामुली हास्य कलाकारको संज्ञा दिएका थिए यसबाट पनि विवाद बढेको थियो ।

वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएको बताईएको छ । आज ह्वाइट हाउसमा भएको वार्तामा दुई राष्ट्रपतिबीच चर्काचर्की भएपछि ट्रम्पले जेलेन्स्कीलाई चेतावनी दिंदै भने, ‘तिमी तेस्रो विश्वयुद्धको जुवा खेलिरहेका छौ।’

आज भएको डोनाल्ड ट्रम्प, अमेरिकाका पूर्व राष्ट्रपति र भोलोदिमिर जेलेन्स्की, युक्रेनका राष्ट्रपति बीचको बैठकले निकै ध्यान आकर्षित गरेको थियो । यो बैठक विशेष गरी युक्रेनको युद्ध र अमेरिकाको समर्थनको विषयमा केन्द्रित थियो । ट्रम्पले युक्रेनको संघर्ष र अमेरिकाको भूमिका बारे आफ्ना विचारहरू प्रस्तुत गरे। उनले युक्रेनलाई थप समर्थन दिने वा युद्धमा सहभागिता जनाउने विषयमा अमेरिकाको नीति बताए थिए । जेलेन्स्कीले, युक्रेनको संघर्षको महत्त्व र शान्तिको प्रयासका बारेमा आफ्नो दृष्टिकोण प्रस्तुत गरे। उनले अमेरिकाबाट अझ बढी सहायता र समर्थनको आवश्यकता रहेको बताउँदै युक्रेनका नागरिकहरूको सुरक्षा र भविष्य सुनिश्चित गर्न अमेरिकाको साथको महत्व औँल्याए थिए ।

यो बैठक अमेरिकाको विदेश नीति र युक्रेनको युद्धका प्रभावहरूको बारेमा महत्वपूर्ण छलफलको अवसर बनेको थियो, तर आज कुरा मिलेन उता वार्ता पछि युरोपेली देशले भने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आफुहरु साथमा रहेको बताएका छन ।