सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको गरिएको छ। दलहरूबीच सहमति जुट्न नसकेपछि शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित भएको हो।

सभामुख देवराज घिमिरेको सचिवालयले शुक्रबार दिउँसो सवा १ बजे बस्ने गरी सूचना टाँस गरिएको जनाएको छ । बिहीबार पनि दलहरूबीच सहमति नजुटेपछि बैठक बस्न सकेको थिएन ।