प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शेर्पा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए ।
यही चैत १७ गते साँझ ७ः३० बजे लेक लागेर बिरामी परेका शेर्पालाई घोडामार्फत खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा चैत १८ गते थुक्लामा ज्यान गएको प्रहरीले जनाएको छ । शवको कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परीक्षणका लागि अल्टिच्युट हेलिकप्टरमार्फत टिचिङ अस्पताल काठमाडौँ लगिएको थियो ।
शव परीक्षणपश्चात चैत १९ गते मृतकको शव उनका भतिजा पेमाछिरी शेर्पाले बुझी लग्नुभएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















