गाजा आक्रमण विस्तार गर्ने इजरायली रक्षामन्त्रीको भनाइ

इजरायली रक्षामन्त्री इजरायल काट्जले बुधबार गाजामा ठुलो सैन्य कारबाहीे विस्तारको घोषणा गर्दै सेनाले प्यालेस्टिनी क्षेत्रको ‘विशाल क्षेत्र’ कब्जा गर्ने बताउनुभएको छ ।

“आतङ्कवादी तथा यसले प्रयोग गर्ने पूर्वाधारलाई नष्ट गरी इजरायलले गाजामा आफ्नो उपस्थिति विस्तार गर्ने तयारी रहेको घोषण रक्षा प्रमुखले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको हो ।

विस्तारित सुरक्षा कारबाहीले ‘इजरायलले नयाँ क्षेत्रहरू कब्जा गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । गत हप्ता नै सेनाले थप भागहरूमा चाँडै कब्जा गर्ने चेतावनी दिएको थियो ।

इजरायलले मार्च १८ मा गाजामा पुनः आक्रमण गरेपछि हमाससँगको युद्धमा लगभग दुई महिनाको युद्धविरामको अन्त्य गर्दै नयाँ आक्रमण सुरु गरेको हो ।