काठमाडौँ । बंगलादेशको नेसनल बोर्ड अफ रेभेन्यू (एनबीआर) ले नेपालसहित भारत र भुटानबाट विभिन्न मालवस्तुको आयातमा रोक लगाउने निर्णय गरेको छ । आइतबार राजपत्रमा प्रकाशित सूचनाअनुसार धागो, धुलो पाउडर, सुर्ती, पत्रिकाको कागज, विभिन्न प्रकारको कागज, पेपरबोर्डलगायत सामग्रीको आयातमा रोक लगाइएको बंगला ट्रिब्युयनमा प्रकाशित समाचारमा उल्लेख गरिएको हो ।
यो निर्देशन एनबीआरको भन्सार शाखाले जारी गरेको हो । सूचनाअनुसार नेपाल र भुटानमा उत्पादन र प्रशोधन गरिएका धागो र आलुबाहेक अन्य सामग्रीलाई भने आयातको अनुमति दिइनेछ ।
बताइएको छ । भन्सार स्रोतले यो प्रतिबन्ध स्थानीय उद्योगलाई रक्षा गर्न र अवैध पुनः निर्यात रोक्न लागू गरिएको बताएको छ ।
















