काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा धवलशमशेर राणालाई रिहा गर्न प्रहरीले परिवारलाई बोलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले धवलकी पत्नी प्रतिमा राणालाई बोलाएको हो ।
राप्रपाका नेता राजाराम श्रेष्ठले पत्नी प्रतिमालाई फोन गरेर प्रहरीले बोलाएको पुष्टि गर्दै आफूहरू पनि परिसर जान लागेको बताए । उनका अनुसार प्रतिमालाई प्रहरीले शनिबार बिहान आइपुग्न भनेको छ ।
राणालाई शुक्रबार नै रिहा गर्ने भनिएपनि आवश्यक प्रक्रिया पूरा हुन ढिलाइ भएपछि सो दिन रिहा नगरिएको प्रहरी स्रोतको भनाइ छ । राणा रिहा हुने भनिएपछि शुक्रबार राप्रपाका नेता कार्यकर्ताको परिसरमा भीड लागेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले धवललाई हाजिर जमानीमा छाड्न लागेको हो ।
क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको स्रोतको भनाइ छ । स्रोतका उनको बयान पूरा भइसकेको छ भने अब मुद्दा लैजाँदा लैजाने गरी अहिलेलाई हाजिर जमानीमा छाड्ने तयारी भएको हो । ब


















