काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।
यो ठगी प्रकरणमा अनुसन्धान गरेर सम्झौता रद्द भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुद्दा नचलाउने निर्णय गर्दै प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको थियो ।
तर, महान्यायाधिवक्ताको कार्यालयले मंगलबार मात्र मुद्दा चलाउने निर्णय गरेको थियो । लगत्तै उनीहरुविरुद्ध मुद्दा दर्ता भएको हो । प्रकरणका सबै प्रतिवादी फरार छन् ।
मुद्दा दर्ता भएका १७ जनामा रिता सिंह ,तुलसी नारायण श्रेष्ठ ,गणेशभक्त श्रेष्ठ ,कृष्ण शंकर साह ,श्याम कुमार आले ,सुवास कुमार पोखरेल ,प्रचण्ड राज प्रधान ,राम काजी गुरुङ
,योगेन्द्र बहादुर शाही ,दीपक दास श्रेष्ठ ,प्रविण राज जोशी ,मुरारी निधि तिवारी१, पुरुषोत्तम राज जोशी ,श्रद्धा संघाई ,अभिनव सिंघानिया (भारतीय नागरिक) ,सिद्धार्थ केडिया (भारतीय नागरिक) ,कीर्ति प्रसाद पाण्डेय भारतीय नागरिक

















