राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी संसदीय दलको बैठक बस्दै

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी संसदीय दलको बैठक बोलाएको छ।

अहिले बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणमा छलफल हुने उनले बताएका छन्।

आज प्रतिनिधिसभा बैठक बस्दैछ। बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी विपक्षी दलहरूले गरिरहेका छन्।