राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा विभिन्न राजावादी दल तथा संघ–संगठनले बिहीबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरेका छन् ।
राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ-संगठनले गणतन्त्र दिवसका दिन बिहीबार दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन गरेका हुन् ।




















