मुलुकमा यतिबेला जेनजी आन्दोलनको बिशेष चर्चा छ, जेनजी आन्दोलनको समग्रमा कसरी विश्लेषण गर्नुहुन्छ ?
हेर्नुस् यो आन्दोलन त नसोचेको आन्दोलन भयो । देशै भरी यसरी आन्दोलन होला युवा पुस्ताले यस्तो आन्दोलन गर्लान भनेर सायद कसैले सोचेका थिएनन होला । आन्दोलनका क्रममा युवाहरुले जुन बिकशित चेतना र बिद्रोहको भाव प्रकट गरेको त्यो अचम्मको छ । जेनजी पुस्ताको आन्दोलनमा सरकारलले जसरी बरबरता पुर्वक दमन गर्यो ,त्यो अत्यन्त निन्दनिय छ । स्कुल पोसाकमा आन्दोलनमा सहभागी कलिला बालबालिका र युवाहरुको जसरी हत्या भयो त्यसको जती भत्सना गरे पनी पुग्दैन।
त्यस्तै आन्दोलनको दोस्रो दिन जेनजी आन्दोनमा घुस पैठ गरेर सरकारी र सार्वजनिक सम्पती, सांस्कृतिक र पुरातात्विक सम्पति र सम्पदा तथा व्यक्तिका निजी उद्योग र उद्यमीहरुका घर तथा उद्योगमा जसरी तोडफोड र आगजनी गरियो त्यो अत्यन्त दु:खद छ । अहिले बनेको सरकारले यी घटनाको छानबीन गरी दोषी,अपराधी र घुस पैठियाहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ ।
जेनजी आन्दोलन पश्चात शुसीला कार्कीले नेतृत्व अन्तरीम सरकार गठन भएको छ । संसद बिघटन भएको छ । यहाँहरुको पार्टी राप्रपाले यसलाई कसरी लिन्छ ?
पछिल्लो अवस्थाको समिक्षा गर्न पार्टीको केन्द्रीय कार्य सम्पादन समितको बैठक छिट्टै बस्दै छ ।बैठले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने छ । बैठक पछि सरकारलाई हेर्ने दृष्टीकोण पनि आउने छ । जहाँ सम्म संसद बिघटनको कुरा छ । यसमा हाम्रो समर्थन छ । हामीले त जेनजी आन्दोलन पछि पार्टीका अध्यक्ष राजेन्द्र लिङ्ेनले ४२ जना सांसदलाई २४ गते नै पदबाट राजिनामा गर्ने भनि सक्नु भएको थियो । जनताको पक्षमा काम गर्न नसक्ने संसद बिघटन हुन स्वागत योग्य छ । यति मात्र होईन हामीले त प्रदेश चाहिदैन केन्द्र र स्थानिय तह भए पुग्दछ भन्दै आएका छौ । स्थानिय तहलाई अधिकारको बिकेन्द्रिकरण गरेर स्थानिय तहलाई अधिकार समपन्न गराउनु पर्दछ प्रदेश चाहिदैन भन्दै आएका छौ ।
अबको निकास के हुन सक्छ ?
नेपालमा धेरै पटक धेरै आन्दोलनहरु भए , तर जेनजी पुस्ताले गरेको जस्तो आन्दोलन न पहिले भयो न पछी नै हुनेछ । अब जेनजीपुस्ताले खोजेको , चाहेको जस्तो, भ्रष्टाचारको अन्त्य गरेर, सुशासन कायम गर्नुपर्दछ । त्यस्तै तत्कालको निम्ती चुनावमा गएर निर्वाचित सरकार बनमउनु हो । प्रदेशहरु खारेज गर्नु पर्दछ । अनी चुनाबमा गएर नयाँ म्याण्डेड लिएर आउनुपर्दछ । चुनाब पछि संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रमुख र प्रदेश खारेज गर्नुपर्दछ ।
पछिल्लो परिस्थीति पछि राप्रपा अब कसरी अगाडी बढछ ?
अब छिट्टै हाम्रो पार्टीको केन्द्रीय कार्य सम्पादन समितीको बैठक बस्छ, सो बैठकले अहिलेको समग्र अवस्थाको बिश्लेशण गर्दै भावी कार्य दिशा तयार गर्ने छ । हामी सोही अनुरुप हामी अगाडी बढ्ने छौ ।
अन्त्यमा ….?
अन्त्यमा आन्दोनमा घाईते अपांङ्ग हुनुहुने उपचारको क्रममा रहनुभएका सबैको नि:शुल्क उपचार गर्ने ,आन्दोलनमा शाहादात हुनेलाई शहिद घोषणा गरेर परिवारलाई सहयोग गर्ने सरकारले निर्णय गरेको छ यो राम्रो हो ।भन्दै अन्त्यमा आन्दोलनमा शाहदात प्राप्त गर्ने शहिद प्रती भावपुर्ण श्रध्दान्जली अर्पण गर्दछु। घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गदर्छु ।



















