skip this वडा नं १६ बालाजु च:मती

विप्लव नेतृत्वको नेकपा र एकीकृत समाजवादी पार्टीसँग एकताका लागि पहल भइरहेको छ : प्रचण्ड

 

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट, नेकपा (एकीकृत समाजवादी) र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका लागि पहल भइरहेको ब्रिफिङ गरेका छन् । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा प्रचण्डले पार्टी एकता र ध्रुवीकरणको विषयमा ब्रिफिङ गरेका हुन् ।

 

यद्यपि उनले यादव नेतृत्वको नेसपा मात्र पार्टी एकताका लागि तयारी अवस्थामा रहेको जानकारी गराएका छन् । यस्तै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग मोर्चाबन्दी गर्ने विषयमा छलफल भइरहेको जानकारी गाएको सचिवालय सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

‘बैठकमा पार्टी एकता र ध्रुवीकरणको विषयमा सबै वामपन्थी दल र माओवादी घटकसँग कुरा भइरहेको जानकारी गराउनुभयो । तर फइनल भएको छैन भन्नुभयो । विप्लवजीको पार्टी, माधवजीको पार्टी, महिन्द्र रायजीको पार्टी एकता गर्ने र अशोक राईजी लगायत दलहरूसँग मोर्चावन्दी र ध्रुवीकरण गर्ने विषयमा कुराकानी भइरहेको जानकारी गराउनुभएको छ ।