वामदेव गौतमको प्रश्तावः प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा जाऔँ

नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली कायम गर्नुपर्ने प्रश्ताव गरेका छन् । बुधवार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । सधैभरी ६/६ महिनामा सरकार परिवर्तन गर्ने, महिनामहिनामा सरकार परिवर्तन गर्ने विद्यमान शासन प्रणाली समाप्त गरेर मात्रै मुलुकलाई अघि बढाउन सकिने नेता गौतमको तर्क छ ।

उनले मुलुकमा समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको जिकिर समेत गरे । नेता गौतमले भने,‘यो सधैँभरी ६/६ महिनामा सरकार परिवर्तन गर्ने, महिना/महिनामा सरकार परिवर्तन गर्ने सिष्टम राज्य संचालन र शासन यो प्रणाली समाप्त गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपयीय प्रणाली कायम गर्नुपर्दछ । र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्दछ । त्यसो भयो भने हामी अगाडि बढ्नसक्छौँ ।

तपाईहरुलाई मेरो विनम्र अनुरोध छ–यो प्रश्ताव पारित गरिदिनोस्, यसलाई साथ दिन जनता तयार छ ।’नेता गौतमले पार्टी सञ्चालनका लागि नेताहरुले अनिवार्य रुपमा वर्षमा एक महिना श्रम शिविरमा काम गर्ने व्यवस्था हुनुपर्ने समेत बताएका छन्।