नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुलाई चार घण्टाअगाडि नै काउन्टरमा हाजिर हुन आग्रह गरेको छ । एयरलाइन्सले एक सार्वजनिक सूचना दिएर यस्तो भनेको हो ।
सूचनामा उडान समयको एक घण्टाअगाडि नै काउन्टर बन्द हुने पनि उल्लेख गरिएको छ । नेपाल एयरलाइन्सले नेपालबाट भारत, थाइल्यान्ड, मलेसिया, चीन, जापान, संयुक्त अरब इमिरेटलगायतका देशमा उडान गर्दै आएको छ ।



















