संसद् पुनर्स्थापनामा गगन पक्षका पूर्वसांसदले गरेनन् हस्ताक्षर

विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित पुरक रिटमा महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन् । विघटित संसद् पुर्नबहालीको मागका लागि बहुमत सदस्य पुर्‍याउनका लागि कांग्रेसमा हस्ताक्षर संकलन गरिएको थियो ।

कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेले ६५ बढी पूर्व सांसदको हस्ताक्षर गर्ने दाबी गरेका थिए । बहुमतका लागि १३८ सांसद आवश्यक पर्दछ । सभापति शेरबहादुर देउवा पक्षका सबैजसो पूर्वसांसदले हस्ताक्षर गरेका छन् । तर, देउवा र उनकी पत्नी आरजु राणाले भने संसद् पुर्नस्थापनाको पक्षमा हस्ताक्षर गरेका छैनन् ।

महामन्त्री गगन पक्षका पूर्वसांसदहरुले हस्ताक्षर गरेका छैनन् । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा, पूर्वसांसदहरू अर्जुननरसिंह केसी, प्रदीप पौडेल, लिला बोखिम (लिम्बू), प्रतिमा गौतम, सपना राजभण्डारी, मुक्ताकुमारी यादव, सीता मिजारलगायतले हस्ताक्षर गरेका छैनन् । कार्यवाहक सभापति पूर्णबहादुुर खड्का र उपसभापति धनराज गुरुङले पनि हस्ताक्षर गरेका छैनन् । संस्थापनइतरका नेता डा।शेखर कोइरालाले पनि पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेनन् । उनी पक्षीय पूर्वसांसदहरू अधिकांशले भने हस्ताक्षर गरेका छन् ।