यी हुन् राष्ट्रियसभामा एमालेले टुङ्ग्याएका ८ उम्मेदवार

नेकपा (एमाले)ले पनि राष्ट्रियसभा सदस्यको चुनावका लागि उम्मेदवार टुंग्याएको छ । एमालेबाट कोशीबाट रोशनी मेचे र सोम पोर्तेललाई उम्मेदवार बनाइएको छ । मधेश प्रदेशबाट रेखा झा, बागमतीको लागि प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटालाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारी एमालेको उम्मेदवार बनेका छन् । राष्ट्रियसभामा नेपाली कांग्रेसले ९, एमालेले ८ र जनता समाजवादी पार्टी (जसपा) नेपालले एक जना उम्मेदवार पाउने गरी भागबण्डाको सहमति भएको छ ।

राष्ट्रियसभाका १८ सदस्यका लागि आगामी ११ माघमा चुनाव हुँदै छ ।