राष्ट्रिय सभा निर्वाचनमा नेकपाका १७ उम्मेदवार

राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवार चयन गरेको छ ।

कांग्रेस एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको हो । नेपाली कम्युनिस्ट पार्टीले गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवार मात्र चयन गरेको छ ।
नेकपाका उम्मेदवारहरुः

कोशी
खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने

मधेश
रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान​
समिकुमारी अग्रवाल

बागमती
प्रेम प्रसाद सापकोटा
सरोज कुमारी झा

गण्डकी
कपिल लामा

लुम्बिनी
दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक

कर्णाली
बुद्धिप्रसाद शर्मा
अन्जु महतरा

सुदूरपश्चिम
टीकाराम जैशी
रोजी बस्नेत सुनार