रास्वपा जुम्ला उपसभापति शाही कांग्रेस प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)जुम्लाकी उपसभापति तारा शाही नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।आइतबार आयोजित एक कार्यक्रमबीच उपसभापति शाही कांग्रेस प्रवेश गरेकी हुन्।

शाहीलाई पार्टीमा कांग्रेस केन्द्रीय सदस्य रामदेवी खड्काले स्वागत गरेकी छन्।शाही कांग्रेस छाडेर रास्वपा गएर उपसभापति बनेकी थिइन्।