खुट्टामा संक्रमण भएपछि आराम गरिहेका रास्वपा सभापति रवि लामिछाने बिहीबार चितवन पुगेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनकेन्द्रित कार्यक्रमका लागि लामिछाने बिहीबार चितवन पुगेका हुन्।
चितवन पुग्दा लामिछानेलाई भरतपुर विमानस्थलमा रास्वपा नेता र कार्यकर्ता लगाएत शुभेच्छुकहरुले स्वागत गरेका थिए। चितवन क्षेत्र नम्बर–२ बाट उमेदवार समेत रहनुभएका लामिछानेले मतदाताहरुसँग अन्तक्र्रियाका साथै घरदैलो गर्ने तयारी गरेका छन्।
रास्वपाले प्रत्यक्षतर्फ चितवन क्षेत्र नंवर १ मा हरि ढकाल, क्षेत्र नंवर २ मा लामिछाने, ३ मा सोविता गौतमलाई उम्मेदवार बनाएको छ।


















