रवि भन्छन् : शहीद र घाइते परिवारलाई न्यायको पहिलो हक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संक्रमणकालीन र आम न्यायको सन्दर्भमा शहीद परिवारको पीडालाई सर्वोच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । सञ्चारकर्मीको प्रश्नमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिशोधको रूपमा पक्राउ गरियो भन्ने आरोपबारे उनले स्पष्ट पारेका हुन्र । उनले भने, न्यायको हतारो सबैभन्दा बढी आफ्ना सन्तान गुमाएका आमाहरूलाई हुनेछ। न्याय पाउने पहिलो हक शहीद र घाइते परिवारको हो ।’

लामिछानेले राज्यले राजनीतिक रूपमा शहीदका परिवार र आमाहरूको न्याय सुनिश्चित गर्ने पहिलो जिम्मेवारी रहेकोमा जोड दिएका छन् । उनले रास्वपाको सम्पूर्ण गतिविधि, अभिव्यक्ति र राजनीतिक निर्णयहरू ‘पब्लिक अडिट’ अन्तर्गत रहेको र नागरिकको निगरानीमा पारदर्शी रूपमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।