सुनिता डंगोल र प्रहरी महानिरीक्षक कार्कीबीच भेटवार्ता

काठमाडौं महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ । भेटमा सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा अहिलेको अवस्था र आवश्यकताबारे छलफल भएको काठमाडौं महानगरले जनाएको छ ।

महानगरका अनुसार भेटघाटका नागरिकलाई सेवा प्रत्याभूति गराइने विषयमा कुराकानी भएको थियो ।