इरानले स्ट्रेट अफ होर्मुजमा जहाजमाथि गोली प्रहार गरेको छ । यूके मेरिटाइम ट्रेड अपरेसन (यूकेएमटीओ)का अनुसार इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी) को ‘गन बोट’ ले स्ट्रेट अफ होर्मुज भएर गइरहेको एउटा कन्टेनर जहाजमाथि गोली प्रहार गरेको हो ।उक्त घटना ओमानको उत्तर–पूर्वतर्फ करिब १५ नटिकल माइल दूरीमा भएको हो ।
रिपोर्टअनुसार आईआरजीसीको एउटा ‘गन बोट’ जहाज नजिक पुगेको थियो । सामान्यतया गरिने रेडियो सम्पर्क भीएचएफ चेतावनीबिनै सो बोटले जहाजमाथि सिधै गोली चलाएको बताइएको छ ।
यस आक्रमणका कारण जहाजको नियन्त्रण कक्षमा गम्भीर क्षति पुगेको यूकेएमटीले जनाएको छ ।यस घटनामा अहिलेसम्म आगलागी वा वातावरणीय क्षतिको खबर आएको छैन ।


















