इरानका राष्ट्रपति मसूद पेजेश्कियानले इरान वार्ताका लागि सधैँ तयार रहेको बताएका छन्, तर अमेरिकाको धम्कीपूर्ण व्यवहारले यस प्रक्रियामा अवरोध सिर्जना गरिरहेको उनले स्पष्ट पारेका छन् ।
राष्ट्रपति पेजेश्कियानले उक्त अभिव्यक्ति अमेरिका सँग दोस्रो चरणको वार्ताको बहस चलिरहेको बेलामा दिएका हुन् ।
उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै उनले भनेका छन् ‘इरान वार्ता र सहमतिको स्वागत गर्दछ र भविष्यमा पनि गरिरहनेछ । तर वाचा तोड्नु, प्रतिबन्ध लगाउनु र धम्की दिनु नै वार्ताका लागि सबैभन्दा ठूला बाधक हुन्।’

















