विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध विभिन्न विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विरोध प्रदर्शन गरेका छन्। सरकारको शासकीय सुधारका नाममा विद्यार्थी संगठन खारेज गर्ने बुँदा समावेश भएपछि संयुक्त विद्यार्थी संगठनहरूले मंगलबार मार्चपाससहित प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले स्ववियु खारेज गर्न नपाइने, विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर्नुपर्ने, विश्वविद्यालयमा प्रहरी होइन प्राध्यापक पठाउनुपर्ने जस्ता नारासहित विरोध जनाएका थिए।
त्यसैगरी उनीहरूले बढ्दो महँगी नियन्त्रण, मेरिटोक्रेसी लागू गर्नुपर्ने र विद्यार्थीलाई दिइँदै आएको यातायात भाडा छुट कायम गर्नुपर्ने माग पनि राखेका छन्।


















