संसद् सचिवालयको ट्रेड युनियन खारेज

अध्यादेश कार्यान्वयनसँगै संघीय संसद् सचिवालयमा ट्रेड युनियनको व्यवस्था खारेज भएको छ । सचिवालयको कर्मचारी प्रशासन शाखाले सूचना जारी गर्दै केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमार्फत ट्रेड युनियनको अस्तित्व समाप्त गरिएको जनाएको हो।

यसअघि संघीय संसद् सचिवालयसम्बन्धी ऐन २०६४ अनुसार राजपत्रांकित तृतीय श्रेणी वा सोभन्दा मुनिका कर्मचारीले आफ्नो पेशागत हकहितका लागि कर्मचारी युनियन गठन गर्न सक्ने व्यवस्था रहेको थियो।