प्रतिनिधि सभामा श्रम संस्कृतिले आज पनि देखायो प्लेकार्ड

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका सांसदहरूले आजको प्रतिनिधि सभा बैठकमा पनि प्लेकार्ड प्रदर्शन गरेका छन् । संसद बैठक सुरु भएलगत्तै सांसदहरु आआफ्नो स्थानबाट उठेर प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री बालेन शाहले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ नदिएपछि श्रम संस्कृतिले विरोध गर्दै आएको छ ।