नहि कश्चित् क्षणमपि जातु तिष्ठत्यकर्मकृत् ।
कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः।। (गीता ३।५)
मानिसले कर्म नगरी एकक्षण पनि बस्नु हुन्न प्रकृतिको गुण सत्व, रज र तम गुणकर्मले वशीभूत भई काममा लागि रहन्छ । सत्कार्य दिनहूँ गर्नु पर्छ । आआप्mना प्रारव्ध, संस्कार अनुसार कुनै कर्म गरि नै रहने हुँदा हरेक दिन कर्म गरि नै रहनु पर्छ । शास्त्रले नित्य कर्म ६ प्रकारको हुने भनेको छ ।
सन्ध्या स्नानं जपो होमः स्वाध्यायो देवतार्चनम् ।
तर्पणं वैश्वदेवश्च षट् कर्माणि दिने दिने ।।
अर्थात् मानिसले स्नान, सन्ध्यावन्दन, जप, होम, वलिवैश्वदेवस्तुति, पितृ तर्पण यी ६ कर्म नित्य गर्नुपर्छ । के गर्नु हुन्न भन्ने ज्ञान हुनु नै मनुष्यको लक्षण हो, वेद लगायत स्मृतिहरुले बताएका कर्म गर्नु पर्छ । वेद निषिद्ध कर्म गर्नु हुन्न । हरेक दिनको पुण्य कर्मले धर्मको वृद्धि हुन्छ । गीताको भनाइ यस्तो छः
यः शास्त्रविधिमुत्सृज्य वर्तते कामकारतः ।
न स सिद्धिमवाप्नोति न सुखं न परा गतिम् ।।
अर्थात् जो शास्त्र विधि त्याग्दै स्वेच्छाले काम गर्छ, चल्छ, उसले सुख, सिद्धि र परम गति पाउन सक्दैन ।ः
गीताले भनेको छः तस्माच्छाश्त्रं प्रमाणं ते कार्यकार्यव्यवस्थितौ । ज्ञात्वा शाश्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि ।। (गीता १६।२४)
अर्थात् मानवले कर्तव्य र अकर्तव्य बुझेर शाश्त्रीय निर्णयमा पुगेर शाश्त्र निर्देशित कर्म गर्नु पर्छ । आत्मा परमात्मालाई साक्षी राखी चित्तशुद्धि गराएर नित्य र नैमित्तक कर्म गरिरहनु पर्छ, निषिद्ध कर्म त्याज्य हुन्छ, सकेसम्म काम्य कर्म पनि त्याग्नु पर्छ । कामनापरक कर्मले मानिसलाई अधपतन गराउँछन्, निस्काम भावले कर्म गर्नुपर्छ । सकाम कर्म गर्नेहरु स्वर्गको कामना राख्छन्, त्यही नै परम लक्ष्य भन्ने सोच्छन् । तर त्यो अभिष्ट लक्ष्य होइन, पुरुषार्थ पनि होइन । गीतामा अर्जुनलाई सम्झाउँदै श्रीकृष्ण भन्नुहुन्छ ः तत्वज्ञानीले हरदम, हरवखत, हेर्दा, सुन्दा, बोल्दा, श्पर्श गर्दा, खाँदा, हिँड्दा, सुत्दा, श्वास फेर्दा मेलै त केही गरेको छैन भन्ने ठानेर व्यवहार गर्नुपर्छ । यसो गर्दा काम कर्मयोग हुन्छ, दैनिक कार्यलाई पनि कर्मयोगका रुपमा हेरिनु पर्छ । यसलाई पुष्टि गर्दै गीतामा भनिएको छः
तस्मादसक्तः सततं कार्यं कर्म समाचर । असक्तो ह्यचरन् कर्म परमाप्नोति पूरुषः ।। गीता (३।१९)
अर्थः मानिसले अनासक्त भएर सधैँ कर्तव्य कर्म गर्नु पर्छ, आसक्ति रहित कर्मबाट पुरुषले परमगति पाउछ । राम गीतामा श्रीराम लक्ष्मणलाई भन्नुहुन्छः आदि, मध्य र अन्त्य तीन कालमै यो संसार भयमा छ, शोकमा नै छ । अतः मुमुक्षुहरुले वेद विधिलाई मनन गरी कामनापरक कार्य छोडेर भगवानमै सबै कर्म अर्पेर परमात्माको स्मरण गरोस् । श्लोक
आदौ च मध्ये च तथैव चान्ततो, भवं विदित्वा भयशोककारणम् । हित्वा समस्तं विधिवादचोदितं, भजेत् स्वमात्मानमथाखिलात्मनाम् । (राम गीता ५५)
यसैलाई उपनिषदले भनेको छः कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छतं समाः । एवं त्वयि नान्यथेतोऽस्ति नकर्म लिप्यते नरे ।। (ईशा. उ. २)
अर्थात् सय वर्ष बाँच्न चाहनेले शास्त्रीय कर्म नै गर्नु पर्छ, त्यागपूर्वक आत्मदृष्टि गर्नु पर्छ । यसो गर्न नसक्नेका लागि पनि निस्काम कर्मको अनुष्ठान बाहेक आप्mनो कल्याणको अर्को उपाय छैन ।
कर्म चित्त शुद्धिका लागि गरिन्छ । कर्मले तत्वदृष्टि दिन्छ भन्ने होइन । तत्व दृष्टिका लागि ब्रह्म ज्ञान जरुरी छ । कुन कर्म कसरी सम्पादन गर्ने र कसरी लक्ष्यमा पुग्ने त्यसका लागि शास्त्रले यसो भनेको छ ।
चित्तस्य शुद्धये कर्म न तु बस्तूपलब्धये ।
बस्तुसिद्धिर्विचारेण न किञ्चित् कर्मकोटिभिः ।। (विवेकचूडामणि ११)
मोक्ष प्राप्तिका लागि करोडाँै कर्म गरेर हुन्न, ब्रह्मज्ञान आबश्यक छ । यसका लागि वदन्तु शास्त्राणि यजन्तु देवान् कुर्वन्तु कर्माणि भजन्तु देवताः । आत्मैक्यबोधेन विना विमुक्तिर्न सिध्यति ब्रह्मशतान्तरेऽपि ।। (विवेकचूडामणि ६)
विवेकचूडामणिको अर्को भनाइ छः
न योगेन न सांङ्ख्येन कर्मणा नो न विद्यया ।
ब्रह्मात्मैकत्वबोधेन मोक्षः सिद्ध्यति नान्यथा ।। विवेकचूडामणि५८)
अर्थात् योगबाट बा साङ्ख्यबाट बा कर्मबाट बा कुनै अपरा विद्याबाट मोक्ष हुन्न । मोक्ष केवल ब्रह्म र आत्माको एकता जनाउने तत्वज्ञानबाट मात्रै हुन्छ । यही कुरालाई पुष्टि गर्दै वेदले भनेको छः
सम्भूतिञ्च विनाशञ्च यस्तद्वेदोभयं सह । विनाशेन मृत्युं तीत्र्वा सम्भूत्याऽमृतमश्नुते ।। (यजुर्वेद संहिता ४०।११) अथौत् जसले सगुण कार्य जगत्को उदय र निर्गुण लय पद्धति दुबैको जानकारी एकैसाथ राख्छ, त्यसले लय बा विनाशको ज्ञानबाट मृत्युलाई अतिक्रमण गर्छ र सम्भूति ज्ञानबाट अमृतत्व भनौँ कैवल्य मोक्ष पाउछ । यसलाई पुष्टि गर्दै उपनिषद्ले भनेको छः भिद्यते ह्रदयग्रन्थिश्छिद्यन्ते सर्वसंशयाः । क्षीयन्ते चास्य कर्माणि तस्मिन्दृष्टे परावरे ।। (मुण्डकोपनिषद् (२।२।८ं)
मानवले दश इन्द्रिय, पाँच प्राण, मन र बुद्धि अहँकारले समाहित भई प्राणमय, मनोमय र विज्ञानमय कोषहरुले सहित भई सूक्ष्म शरिर आप्mनै साथमा अज्ञानले ढाकिएको कारण शरिरसहित भएर उसले अघिल्लो जन्ममा गरेका पाप, पुण्य कार्य र संस्कारगत गुण अनुरुप अर्को जन्म लिन्छ । पहिलो जन्मकै सरह शुभ अशुभ कर्म गर्दै जान्छ । यो प्रक्रिया निरन्तर चलिरहन्छ, त्यतिबेलासम्म चल्छ जतिबेला सम्म शरिर नष्ट हुँदैन । यसलाई पुष्टि गर्दै श्रीराम भन्नु हुन्छ ः
क्रिया शरीरोद्भवहेतुरादृता प्रिया प्रियौ तौ भवतः सुरागिणः । धर्मेतरौ तत्र पुनः शरीरकं पुनः क्रिया चक्रवदीर्यते भव ः ।। (रामगीता ८)
सर्वप्रथम वर्णाश्रम धर्मअनुसार विधिको पालना गर्नु पर्छ । श्रीराम भाइ लक्ष्मणलाई यसरी भन्नुहुन्छः आदौ स्ववर्णाश्रमवर्णिताः क्रियाः कृत्वा समासादितशुद्धमानसः । समाप्य तत्पूर्वमुपात्तसाधनः समाश्रयेत् सद्गुरुमात्मलब्धये।। (राम गीता७) ब्रह्मज्ञान प्राप्तिका लागि सद्गुरुको शरणमा जानु पर्छ । पात्र हेरेर सद्गुरुले आपैmँ खोज्छ, खोजिरहनु पर्दैन । गुरुले पुलको काम गर्छ भक्त र भगवानका बीचमा ।
दुर्लभं त्रयमेवैतद्देवानुग्रहहेतुकम् । मनुष्यत्वं मुमुक्षुत्वं महपुरुषसंश्रयः।। (विवेकचूडामणि(३)
अर्थात् मानिको जीवन प्राप्ति, मोक्षको इच्छा, श्रोत्रिय ब्रह्मनिष्ठ सद् गुरुको सामीप्यता यी ३ अति दूर्लभ छन्, ईश्वरकृपा बिना प्राप्त हुन्न ।
भागवत एकादशस्कन्धले भनेको छः नुदेहमाद्यं सुलभं सुदूर्लभ प्लवं सुकल्पं गुरुकणधारम् । मयाऽनुकुलेन नभ स्वतेरितं पूमान् भवाब्धिं नतरेत् सः आत्महाःं।।
अर्थात् मानव जीवन सुलभ र दूर्लभ दुबै छ । गुरुसान्निध्यबाट आपूmले आपैmँलाई उद्धार नगरे त्यो आत्मघाती हुन्छ ।
शास्त्रको मर्यादा छ शरीरमाद्यं खलु धर्म साधनम् । अर्थात् शरिर धर्म साधना गर्ने एक मात्र साधन हो । साध्य प्राप्ति भनेको ईश्वर सान्निध्य नै हो । पटक पटक धेरै आमाहरु प्राप्त गरेर हामीले मानव जीवन पायौँ, अब धेरै आमाका कोखमा जान नपरोस् भन्नैका लागि सर्वश्रेष्ठ प्राणी मानव भएको हो । अब पुनः परीक्षा दिन नपरोस् भन्नैका लागि भागवतले भक्ति साधना बतायो, सप्तशतीले भुक्ति साधना बतायो र गीताले मुक्ति साधना पनि । भक्त र भगवानका बीचको दरार टुटाउन पहिले गुरु साधना गर्न जरुरी हुन्छ ।
सेवा अपराधm असल भक्तले यो बुभ्mन जरुरी छ
भागवत षष्टस्कन्धमा तत्तौ देवल हेलनात् भनिएको छ । भक्तले भगवान प्राप्तिमा कठिनाइ व्यहोरेको हुन्छ । यसलाई छर्लग्याउने काम गुरुको हो । भक्त र भगवानका विच ३२ किसिमका पर्दाहरु लागेका हुन्छन् । ३२ प्रकारका पर्दा नउघारेसम्म भक्तले भगवान पाएको हुँदैन । सेवा अपराध गरुन्जेल भगवत दर्शन सम्भव पनि छैन । ती ३२ प्रकारका पर्दाहरु के के हुन्, संक्षेपमा चिन्तन गरौँ ।
परिवहन, सवारी साधनमा मन्दिर परिक्रमा गर्नु, जुत्ता लगाएर भगवत प्रार्थना गर्नु सेवा अपराध हो । रथयात्रा, शोभायात्रा, कलश यात्रा, शव यात्रा, राम नवमी, जन्माष्टमी, बुद्ध जयन्ती, मेला पर्व, महोत्सवहरुमा ढोग नगर्नु, दर्शन नगर्नु वा प्रणाम नगर्नु सेवा अपराध हो । दर्शन पछि प्रणाम नगर्नु या भगवत् श्रीमूर्ति, श्री विग्रह, तस्वीरमा भगवत स्वरुप सम्झेर दर्शन गरेपछि प्रणाम नगर्नु सेवा अपराध हो । अशुची, आशौच, रजस्वला या यस्तै परिस्थितिमा भगवत् दर्शन, प्रणाम गर्नु सेवा अपराध हो । मन्दिर परिक्रमा गरिेसकेपछि दिव्यमूर्ति अगाडि उभिएर नरोक्किनु सेवा अपराध हो, परिक्रमा भैरहनु अथवा भगवान सामुमात्र परिक्रमा भै रहनु पनि सेवा अपराध हो । एक हातले भगवानको प्रणाम, दर्शन गर्नु सेवा अपराध हो, भगवानका सामू खुट्टा पसारेर बस्नु वा घुंडा माथि हात राखेर बस्नु सेवा अपराध हो । भगवानको श्रीविग्रह मूर्तिको ठीक अगाडि सुत्नु सेवा अपराध हो, भगवानका सामू घुडा उठाएर बस्नु या उपरखुट्टी लगाएर बस्नु सेवा अपराध हो ।
भगवान सामुन्ने खानेकुरा खानु अपराध हो, पंंचामृत, नैवेद्यहरु खान हुन्छ । भगवानको श्रीविग्रह मूर्ति अगाडि सुत्नु सेवा अपराध हो । भगवानको सामू भोजन गर्नु सेवा अपराध हो, प्रसाद लिन हुन्छ । मन्दिरमा बसेर भगवानको श्रीविग्रह वरिपरि झूठो बोक्नु सेवा अपराध हो, भगवानका सामू ठूलो स्वरले कुराकानी गर्नु सेवा अपराध हो । भगवानका सामू आपसमा वार्ता गर्नु सेवा अपराध हो तर श्रुति प्रकाश गर्नु हुन्छ, नृत्य गर्नु हुन्छ । भगवान सामू ठूलो स्वरले, चिच्याएर कराउनु सेवा अपराध हो, आर्त पुकार गर्न हुन्छ । भगवान सामू कलह, झगडा गर्नु सेवा अपराध हो, स्तुति पुकार गर्न हुन्छ । भगवान सामू कसैलाई पीडा दिनु, कष्ट दिनु, हैरानी, परेसानी गराउनु सेवा अपराध हो । भगवान सामू कसैप्रति अनुग्रह, याचना, हात फैलाएर माग्ने कार्य सेवा अपराध हो । भगवानका सामू ओढ्ने, च्यादनर,कम्वल÷पछ्यौराले पुरै शरिर ढाक्नु सेवा अपराध हो । भगवानसामू अर्काको विषयमा निन्दा गर्नु, कुरा काट्नु सेवा अपराध हो । भगवानसामू अर्काको स्तुति, पुकार, प्रशंसा गर्नु सेवा अपराध हो । भगवान सामू अश्लील शब्द बोल्नु, अरुलाई होच्याउनु, अरुको हितमा ठेस पुग्ने गरी कुरा गर्नु सेवा अपराध हो । भगवान सामू अधोवायु त्याग गर्नु सेवा अपराध हो । भौतिक सम्पति, धन भएर पनि कंगालझँै व्यवहार गर्नु, पूजा, यज्ञ, अनुष्ठानहरुमा सामग्रीविहीन भएर रहनु, सामान्य उपचारले मात्र पूजा गरिनु सेवा अपराध हो । कुनै नयाँ वस्तु सेवन गर्दा, प्रयोग गर्दा ईश्वर अर्पण नगरी प्रयोग गर्नु वा सेवन गर्नु सेवा अपराध हो । कुनै ऋतु विशेषको फल खाँदा ईश्वर अर्पण नगरी खानु सेवा अपराध हो । कुनै वस्तु अर्पण गर्दा कुनै फल अर्पण गर्दा वस्तुको फलको मूल भागलाई तोडेर अर्पण गर्नु सेवा अपराध हो । भगवानलाई पीठ फर्काएर खानु, सेवा अपराध हो । गुरु÷आचार्यलाई पूजा सत्कार, प्रार्थना नगरीकनै मंगलगान नगरी कनै अन्य कार्य आरम्भ गर्नु सेवा अपराध हो । आफूले आफंैंलाई प्रशंसा गर्नु वा आत्मरति गर्नु सेवा अपराध हो । देव, देवी, सम्प्रदाय, वर्ग विशेष कसैको वर्खिलाप हुने गरी निन्दा गर्नु, दोष दृष्टि राख्नु सेवा अपराध हो । यसरी हेर्दा सेवा अपराधहरु धेरै किसिमका देखिन्छन् । तथापि भक्तहरुले भगवानलाई स्तुति पुकार गर्दा ईश्वर खुसी हुनु हुन्छ र अज्ञानताको कारण भएका सेवा अपराधप्रति भगवानले क्षमा गर्नु हुन्छ । अपराध सहश्राणि क्रियन्तेऽहर्निशंमया । दासोऽहम् इति मां मत्वा क्षमस्व परमेश्वर ।। दास्य भावले भगवानको स्तुति गरेका भक्तको अपराध भगवान क्षमा गर्नुहुन्छ ।



















