हर्क साम्पाङ जस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ: सुदन किराती

श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपालीहरुको दुःख अन्त्य गर्न हर्क साम्पाङ जस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।
उदयपुरमा पत्रकार भेटघाट कार्यक्रममा उनले हाइब्रिड नेताले देशको समस्या हल गर्न नसक्ने बताएका हुन् ।

‘इतिहासदेखि अहिलेसम्म नेपाल र नेपालीले भोगिरहेको दुःखको अन्त्य गर्न अब कतै न कतैबाट विजारोपण गरेको या निर्माण गरिएको हाइब्रिड नेता होइन, नेपालकै माटोमा उत्पत्ति भएको अर्गानिक हर्क साम्पाड जस्तो नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ,’ किरातीले भने ।