झलनाथको ३६ बुँदे असन्तुष्टि : प्रचण्ड-माधवबाट पार्टी चल्दैन (पूर्णपाठ)

पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललाई असन्तुष्टि जनाउँदै नेतृत्व छोड्न प्रस्ताव गरेका छन् ।

बुधबार खनालले सार्वजनिक गरिएको लिखित वक्तव्यमा संयोजक दाहालाई ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै खनालले नेतृत्व विचलित भएको र अब यसले महाधिवेशनसम्म लैजान नसक्ने ठोकुवा गरेका छन् । पार्टी नेतृत्वलाई सम्बोधन गर्दै उनले वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर्गठन गर्न नसकेको आरोप लगाएका छन् ।

पार्टीमा आाबद्ध भएको ७ महिना हुन लाग्दा पनि आफूलाई जिम्मेवारी विहिन बनाइएको भन्दै खनालले नेतृत्वको नियतमाथि प्रश्न उठाएका हुन् । पत्रका आधारमा नेता खनालले दाहाल र माधव नेपालमाथि जिम्मेवारविही बनाएर आफूमाथि अपमान गरेको उल्लेख गरेका छन् ।

विगत ६ दशकदेखि कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय र पार्टीका विभिन्न कमिटीहरू चलाइसकेको आफू जस्तो वरिष्ठ नेतालाई एकताको ७ महिनासम्म पूर्ण रूपले जिम्मेवारीविहीन बनाएर अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ ।