पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले विगत एक दशकदेखि गर्दै आएको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धि रास्वपा रहेको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘यो आफैंले गत ११ वर्षदेखि नयाँ शक्ति अभियान भन्दै वैकल्पिक राजनीतिको पैरवी गरेँ । अहिले म रास्वपालाई त्यो अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा ग्रहण गरेको छु,’ उनले भने । आफूले यस्तो भन्दा के पाउन लाग्यो र के ललिपप पायो भन्दै टिप्पणी हुने गरेको भन्दै उनले आलोचना गरे ।
‘त्यसो भन्दा हाम्रो समाज अत्यन्तै न्युनस्तरको छ, अब यसले के पाउन लाग्यो, के ललिपप देखाइदियो भन्छन्,’ उनले भने, ‘म सारा जीवन मर्न हिंडेको मान्छे के ललिपप खाने ? सबैथोक प्राप्त गरेको मान्छे, प्रधानमन्त्री भएको मान्छे, के ललिपप खाने मैले यो उमेरमा ?’















