पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीर नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुर्याइएको छ । ८० वर्षीय खरेलको आइतबार राति पौने १० बजे निधन भएको हो । खरेलको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा पुर्याइएको स्रोतले जनाएको छ ।
सभापति गगन थापा कार्यालयमा पुगेर अन्तिम श्रद्धाञ्जली दिएपछि त्यहाँबाट अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा पुर्याइने तय भएको छ ।


















