बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्दै देउवा समूह, प्रकाशमान बने लिडर

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवापक्षले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने भएको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै नेता मीनबहादुर विश्वकर्माले ६ साउनमा ४४ औँ बीपी स्मृति दिवसमा कार्यक्रम गर्न लागिएको जानकारी गराएका हुन् ।

‘नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४४ औँ स्मृति दिवस आगामी साउन ६ गते काठमाडौंको प्रज्ञा भवनमा भव्य रूपमा मनाउने निर्णय गरिएको छ,’ विश्वकर्माले भने, ‘कार्यक्रम व्यवस्थापनका लागि पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा एक आयोजक समिति गठन गरिएको छ ।’

उनका अनुसार सोही कार्यक्रममार्फत् राष्ट्रिय भेलाको मिति, समय र स्थान सार्वजनिक गरिनेछ । पार्टीको आन्तरिक विवाद र वर्तमान राजनीतिक अवस्थाबारे समीक्षा गर्दै साउन महिनाभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिएको पनि उनले जानकारी दिए ।