डा. केसीको सत्याग्रह दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयकै पक्षमा :प्रदीप पौडेल

स्थ्य विज्ञान विश्वविद्यालयको सुदृढीकरणसँग जोडिएको बताएका छन्। पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका पौडेलले आइतबार सामाजिक सञ्जालमार्फत डा. केसीको माग अन्ततः विश्वविद्यालयअन्तर्गतको अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन र विस्तार गर्ने पक्षमा रहेको बताएका हुन्।

उनले विश्वविद्यालयको मेरुदण्ड मानिएको अस्पतालको क्षमता वृद्धि र सञ्चालन प्रक्रियामा पुनः विभिन्न बहानामा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको दाबी गरे। पौडेलले अस्पताल सञ्चालन र विश्वविद्यालय सुदृढीकरणका लागि सकारात्मक पहल आवश्यक रहेको उल्लेख गर्दै यस विषयलाई राजनीतिक वा अन्य स्वार्थभन्दा माथि राखेर अघि बढाउनुपर्ने संकेत गरेका छन्।