धर्म र अध्यात्म २१ ,व्यासको संक्षिप्त जिवनी, व्यास जयन्ती

हिजोआज जसले पनि पुराणको पुस्तक अगाडि राखेर बा नराखी पुराण भन्न थालेका छन् । पुराणवक्तालाई व्यास भनिन्छ र बस्ने आसनलाई व्यास पीठ । यो आलेखमा वेदव्यासको संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।
व्यास पराशर पुत्र हुन्, यिनको वंश खोज्दै जाँदा पितामह वशिष्ठ र अन्ततः ब्रह्मामै पुग्नु पर्छ । व्यास भन्नु विष्णुको अवतार हो, विष्णुका २४ मध्ये एक अवतार । वैदिक सनातन धर्ममा यिनको सुप्रसिद्ध नाम छ, यी तपस्वी, साधक, ब्रह्मज्ञानी, विद्धान्, शास्त्रकार, सूत्रकार सबै हुन् ।
पहिले वेद ठूलो थियो, पुराण पनि धेरै ठूलो सय करोड श्लोकको थियोे । द्वापर युगमा यिनले वेदको विभाजन गरे, पुराणहरुको आकार पनि सानो गराए, ४ वेद, ४ उपवेद, पञ्चम वेद महाभारतको पनि रचना गरे, १८ पुराण, १८ उप पुराण । उनले गणेशजीलाई लेख्न लगाए, अविरल आपूmले भनिरहे । कल्प पिच्छे व्यास फरक छन्, यो श्वेत बराह कल्प हो । यसको ६ मन्वन्तर बितिसकेको छ, अहिले सातौँ मन्वन्तर हो । हालसम्म २७ पल्ट सत्य, त्रेता, द्वापर युग बितिसकेको छ । कल्पको हरेक द्वापरमा अलग अलग व्यास हुने गरेका छन् र वेद आदि शास्त्रको विवेचना गर्ने गरिएको छ । पहिलो द्वापरमा स्वयं ब्रह्मा नै व्यास थिए, दोस्रोमा प्रजापति व्यास भए, तेस्रोमा उशना भए भने चौथोमा वृहस्पति व्यास भए । अघिल्लो द्वापर २८ सौँ व्यास भए कृष्ण द्वैपायन । काला वर्णका र द्वीपमा जन्मेकाले यिनलाई कृष्ण द्वैपायन र वदरीवनमा बस्ने भएकाले वादरायण भनिन्छ उनलाई ।
अचतुर्वदनो ब्रह्माः द्विबाहुपरोहरि अभाललोचन शम्भूर्भगवान वादरायणः उनलाई प्रार्थना गर्दा यसो भनिन्छ, यसको अर्थ हुन्छः चार मुख नभएका तिमी ब्रह्मा, चार हात नभई दुई हाते हरि, जटाबिनाका, त्रिनेत्र नभएका शम्भु वादरायण हौ । पिता पराशर कतै जाँदै थिए, बाटोमा नदी तर्नु पर्ने रहेछ । नदी किनारामा एक माझी थिए दासराज । उनले माझीलाई नौकाबाट नदी तार्न भने । दासराज अलि बेफुर्सदी रहेछन् । उनले मत्स्यगन्धालाई भने, “छोरी उहाँलाई नदीपारि लगिदेऊ” । पराशर मत्स्यगन्धाको नौकामा बसे, माझीले पालिएकीले उनको शरिरबाट माछाको गन्ध आउँथ्यो । नदीका बीचमा पुगेपछि पराशर युवतीप्रति आकर्षित भए र भने “म तिमीलाई एक असल, तपस्वी र गुणी पुत्र दिन्छु, कुमारित्वमा कुनै फरक पर्दैन, यो कुरा गोप्य नै रहन्छ” । मत्स्यगन्धाले नमान्दा पनि लाजबाट बच्न तुरुन्तै कुहिरो सृष्टि गरी अँध्यारो समय पारी उनले कुमारीलाई गर्भवती गराए, केही समयमै एक पुत्र रत्न पैदा भयो । बालकले भन्यो “माताजी मलाई सम्झनुहोला आबश्यक परेकोबेला, अहिलेलाई बिदा दिनूस् तपस्यामा जान्छु” । पराशरको संसर्गले उनी अब मत्स्यगन्धा नभएर विशेष गुणवती, रुपवती चारकोससम्म बास्ना आउने योजनवती, सत्यवती भइन्, चोला बदले सरह नै भयो, मग्मगाउँदी भएर ।
को हुन् मत्स्यगन्धा ?
यिनी बसु नामका एक चेदी देशका पुरुबंशी राजाकी एक वीर्य सन्तान हुन्् । राजा शिकारमा गए, रानीको ऋतुकाल रहेछ, ऋतुकालमा वीर्यदान धर्म नै हो, तर टाढा रहेछन् ती । उनले एक बाज पन्छीलाई बोलाई पातमा आप्mनो वीर्य राखेर रानीकहाँ लगिदिन भनेछन् । बाजले वीर्य लग्दा अर्को बाझले झम्टेछ, आकाशबाट वीर्य नदीमा खसेछ । नदीमा अद्रिका नामकी माछीले वीर्य पिएर ऊ गर्भवती भइछ । पूर्वजन्ममा अद्रिका एक अप्सरा रहिछ, उसलाई श्राप परेर माछो भएकी । दासराज माझीले माछा पक्रेर ल्याई माछाको पेट चिर्दा एक बालक र एक बालिका देखिएछ । माझीले यो अनौठो दृश्य देखेर राजाकहाँ बिन्ती गर्दा बालकलाई राजा आपैmँले राखेछन् र बालिकालाई माझीको जिम्मा लगाएछन् । तिनै बालिकालाई माझीले पालेको, हुर्काएको थियो, माछो गनाउने भएकाले नाम पनि मत्स्यगन्धा राखिएको थियो । पछि यिनको बिहे भरतबंशी राजा शन्तनुसंग भयो ।
शन्तनुपुत्र थिए भीष्म, उनले आपूm बिहे नगर्ने शर्तमा माझीको माग अनुसार सत्यवतीको बिहे आप्mनै बाबुसंग गराएका थिए । सत्यवतीबाट दुई पुत्र चित्राँगद र विचित्रवीर्यको जन्म भयो, जेठा चित्राँगद गन्धर्भहरु संगको लडाइँमा मारिए, कान्छा विचित्रवीर्यको बिहे भीष्मले नै हरण गरिएर ल्याइएका काशिराज कन्या अम्बिका र अम्बालिकासंग भयो । विचित्रवीर्य कामलम्पट भए, मरे । माता सत्यवतीलाई बंश नाशको पीडा भयो र तुरुन्तै परेका बेला मलाई सभ्mनु भनेका थिए, व्यासले, व्यासलाई बोलाएर बंश धान्नका लागि बुहारीहरुमा सम्भोग गरी सन्तान पैदा गर्न उनले व्यासलाई आदेश दिइन् । एक बुहारी डराएर आँखा बन्द गरी सम्भोग गर्दा अन्धा धृतराष्टृ र अर्की पनि थरथर काँम्दै डराएर गर्भ लिँदा रोगी पाण्डुको जन्म भयो । दुबैको असहजता बुझेर आमाकै आदेशले दासीसंग खुलेर सम्भोग गर्दा विदुर जन्मे ।
पुराणहरुमा प्रसंग फरक हुन सक्छ । भारतको उत्तरान्चल बद्री विशालको उत्तरतिरबाट बगेकी अलकनन्दा र सरस्वती नदी संगम केशव प्रयाग नजिकको पवित्र भूमिमा व्यास गुफा रहेको छ, व्यासको व्यासपीठ नैमिषारण्यमा पनि छ । वेदव्यासको जन्म हाम्रो तनहँु, दमौली बजार तल सेती र मादी नदीको संगममा भएको हो, कुहिरो सिर्जना भएकोले अहिलेसम्म पनि त्यहाँ बिहान कुहिरो लागिरहन्छ । त्यहाँ व्यास गुफा छ, केही वर्ष यता २८ व्यासका मूर्तिहरु राखिएका छन् र त्यहीक्षेत्रबाट पूर्वतिर परै जहाँ अहिले छाब्दीबाराही भनेर आम भक्तहरुको भीड लागिरहेको विशेष तीथर्थस्थल रहेको छ, तिनै बाराहीलाई व्यासकी आमा मत्स्यगन्धा अर्थात् माछो भन्दै पूजा गर्ने गरिएको छ, सर्प आकारको ठूलो माछो छ त्यहाँ, अरु साना पनि धेरै छन्, खोल्सो छ सानो, पर्यटकीय राम्रो क्षेत्र भएको छ त्यो ।
वेद विश्वकै संविधान हो, यसमा १ लाख मन्त्रहरु छन्, बढी मन्त्र कर्मकाण्ड ८० हजार, ज्ञान काण्ड १६ हजार र भक्ति जसलाई उपासना काण्ड भनिन्छ ४ हजार छन् । वेदका अनुसार हामीले कर्म धेरै गर्नुपर्छ, काण्ड र मन्त्रहरुले पनि त्यही बताएका छन् । सजिलोका लागि व्यासले वेदको विभाजन गरे ऋग्वेद, यजुर्वेद, अथर्व वेद र सामवेद ४ भागमा । यसका उपवेद ४ नै छन्, वास्तुशास्त्र स्थापत्यवेद भनौँ अथर्ववेदको उपज हो, यसले निर्माण आदि बैँक, व्यवसाय, विकासको कुरो गरेको छ । व्यासले पाण्डुहरुको उदयमा मात्रै होइन कौरवहरुको पूर्ण उदयका लागि पनि आबश्यक सरसल्लाह दिए, भरत बंशलाई उनले अखण्डित बनाए, महाभारत युद्धमा अन्धा धृतराष्टृलाई महाभारतको प्रत्यक्ष विवरण सहित सुन्ने सुनाउने ज्ञानपुञ्ज, चक्षुशक्ति सन्जयलाई दिए । उनको जन्म जयन्ती व्यास जयन्ती भनौँ गुरु पूर्णिमा हामी अहिले पनि आषाढ शुक्ल पूर्णिमामा मनाउँदै छौँ ।
अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् । परोपकारः पुण्याय पापाय परपीडनम् ।। यो व्यासको भनाइ हो, सबै पुराणको सार पनि हो, अर्थात् परोपकार पुय हो पाप नै पर पीडा हो । अचेल व्यासपीठको मर्यादा भुलेको अबस्था छ, जो कोही पनि व्यासपीठ बनाएर बसेको देखिएको छ । व्यासमा पहिरन, ब्रह्मसूत्र, शिखा, यज्ञोपवीत, कूलाचार, धर्माचार, थर, गोत्रको पहिचान, महासंकल्प जरुरी छ । रंगमन्च बनाएर अर्थोपार्जन हुनु सर्वथा गलत हो । केही लिँदा देवस्वरुप शास्त्रलाई साक्षी राखेर, मर्यादामा रहेर, जे उद्देश्यका लागि लिइएको हो त्यो गन्तव्यसम्म पुर्याउने ल्याकत राखेर लिने गर्नु पर्छ, लिइएका सबै आप्mनो मात्र प्रयोगका लागि हुनु हुन्न । विद्यादान सबैभन्दा ठूलो दान, समय दान असल दान हो । भक्तको इच्छा भगवानसम्मको पहूँच नभएकाले व्यासमा बसेर माग्नु र बस्नु हुन्न । हो सामवेद, संगीत, नृत्य, कला प्रदर्शन, प्रहसन, आप्mनो क्षमतानुसार गरिन्छ त्यसमा महासंकल्प गरिररहनु पर्दैन, लियो आनन्द पनि दिलाइयो कतै बुझाइराख्नु पर्दैन, भक्त र भगवान खुसी भयो, नृत्य गायनले शरिर शुद्धि गराउने कार्य पनि भयो, शारीकि अभ्यास पनि भयो, राम्रो हुन्छ । तर ब्राह्मणहरुले लिएको दान मर्यादा विपरीत लिनु हुन्न, तिर्ने क्षमता नराखी लिनु हुन्न । हिजोआज धेरै टिकाटिप्पणी भएका छन्, व्यासमा बस्नेसंग पौरुषत्व जुँगा पनि हुनु पर्छ, जुँगा नहुँदा व्यास आसन रंगमन्च जस्तो हुन्छ, कलाकारहरुप्रति पंक्तिकारको सम्मान छ, तर व्यास आसन कलकारहरुको आसन हुनु हुन्न सर्वथा ब्रह्मज्ञानको वितरण क्षमता नभई व्यास आसन स्वीकार गर्नु हुन्न ।