दुर्घटनामा घाइते रास्वपा कपुरकोट सभापति वलीको मृत्यु

मोटरसाइकल दुर्घटनामा घाइते भएका सल्यान कपुरकोट-६ का ३४ वर्षीय वेदबहादुर वलीको मृत्यु भएको छ ।उनी राष्ट्रिय स्वतन्त्र पार्टीका कपुरकोट गाउँपालिकाका सभापति हुन्।दाङको घोराहीस्थित सञ्जिवनी टिचिङ अस्पतालमा उपचाररत उनको बुधबार बिहान ८ बजेतिर मृत्यु भएको हो ।

मंगलबार बिहान उनी दुर्घटनामा परेका थिए। ‍मंगलबार बिहान ११ः४५ बजे उनी सवार बा ६८ प २५२८ नम्बरको मोटरसाइकललाई राप्ती राजमार्गमा यात्रुवाहक लु.प्र. ०१-००१ ख १११२ नम्बरको गाडीले ठक्कर दिएको थियो। ‍

गाडीका चालक दाङ तुलसीपुर उपमहानगरपालिका-११ का २७ वर्षीय सुरज मिजार प्रहरी नियन्त्रणमा छन् । दुर्घटना बारे थप अनुसन्धान भइ रहेको उनले बताएका छन्।