परराष्ट्रमन्त्री शिशिर खनाल आज अमेरिका जाँदै छन् । मन्त्री खनालसहितको एक टोली आज साँझ अमेरिका जान लागेको हो । टोली अमेरिकाको न्यु योर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभा भाग लिन त्यसतर्फ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार खनालले महासभाअन्तर्गतका विभिन्न बैठकमा सहभागिता जानाउने छन् भने विभिन्न देशका समकक्षीसँग भेटवार्ता पनि गर्ने छन् ।प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको टोली महासभामा भाग लिनका लागि यही ६ असोजमा अमेरिका जाँदै छ । त्यसअघि मन्त्री खनाल जान लागेका हुन् ।


















