सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको छ । महासभाका अध्यक्ष खलिलुर रहमानले आफ्नो समापन मन्तव्यमा बहसमा १९४ प्रतिनिधिमण्डलले भाग लिएको उल्लेख गर्दै सहभागीमा ११३ राष्ट्रका सरकार प्रमुख, एक जना राजकुमार ११ जना उपराष्ट्रपति, सात जना उपप्रधानमन्त्री तथा ४८ मन्त्री रहेको पुष्टि गरेको छ ।

राष्ट्रसङ्घीय बहसमा शान्ति, विकास, मानवअधिकार, संयुक्त राष्ट्रसङ्गीय सुधार र आगामी महासचिवको चयनलगायतका विभिन्न विषय समावेश भएको उनले बताए । उनका अनुसार अघिल्लो बहसको किनारमा रहेको कृतिम वौद्धिकता यस वर्षको छलफलको केन्द्रमा परेको थियो । विश्वास पुनस्र्थापना, यस वर्षको बहसको विषय, भाषणमा व्यापक रूपमा प्रतिध्वनित भएको उनले बताए ।

उनले महासभाका विषयलाई उजागर गर्दै भने “हामी दृढतापूर्वक शान्ति त्याग्न अस्वीकार गरौँ दिगो विकास सुनिश्चित गर्न हामी दृढतापूर्वक प्रतिबद्ध रहौँ चयनशीलता बिना नै हामी मानवअधिकारका सिद्धान्तको पछाडि जोशका साथ उभिऔँ, मानवताको सेवामा प्राविधिक रूपान्तरणलाई शासन र प्रवर्द्धन गरौँ, हामीले अर्थपूर्ण, प्रतिनिधि र निष्पक्ष सुधारलाई पछ्याऔँ र अन्तमा सबैका लागि हाम्रो सङ्गठनको पुनर्निर्माण गरेर विश्वास पुनस्थापित गरौँ ।