अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि कुनै पनि आक्रमण नगर्ने बताएका छन्।इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको उल्लेख गर्दै ट्रम्पले निर्वाचनअघि आक्रमण नगर्ने बताएका हुन्।
उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भनेका छन्, ‘अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि हामी कुनै पनि समयमा इरानमाथि आक्रमण गर्ने छैनौँ।’




















