धनुषाको जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पत्रकार ऋषि धमलाबिच सोमबार भेटवार्ता भएको छ । भेटका क्रममा लामिछानेले आफूले दिएको टिकट नलिएको भन्दै धमलालाई ठट्टा गरेका थिए ।
‘तपाईं पत्रकारितामै फर्किने कि राजनीति गर्ने ?’ भन्ने लामिछानेको प्रश्नमा धमलाले सहकार्य गरेर अगाडि बढ्नुपर्ने जवाफ दिएका थिए । त्यस क्रममा धमलाले पाँच वर्षपछि प्रधानमन्त्री बन्नुपर्ने सुझाव दिएका थिए । जवाफमा लामिछानेले भने, ‘म बन्ने होइन, बनाउने व्यक्ति हुँ ।’


















