नेकपा एमालेले राष्ट्रिय भेलाको तयारी र त्यसमा प्रस्तुत हुने विषयवस्तुबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते हुँदैछ । भेलापछि मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिको भेला र ५ गते केन्द्रीय कमिटी बैठक बस्ने कार्यक्रम तय भएको छ ।


















