भारतीय राजदूत दलेला र परराष्ट्रमन्त्री खनालबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला र परराष्ट्रमन्त्री शिशिर खनालबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल-भारत सम्बन्धका विभिन्न पक्ष तथा दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको हो ।

भेटमा मन्त्री खनालले नवनियुक्त राजदूत दलेलालाई बधाई दिँदै सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।